मुख्यमन्त्री कार्कीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको निजामती कर्मचारी सङ्गठनको टिप्पणी

विराटनगर २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिको कर्मचारीहरूले विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको टिप्पणी गरेको छ । सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिनु भएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई […]

विराटनगरमा फागुन २२ गतेदेखि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

विराटनगर २५ माघ । विराटनगरमा आगामी फागुन २२ गतेदेखि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरको टि २० क्रिकेट प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत ३ गतेसम्म विराटनगर १९ बैजनाथपुर स्थित […]

विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर : प्रमुख कोइराला

सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधैं भेटिने भएकाले जनताले […]

विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोमबिच स्वास्थ्यसेवा सम्बन्धि सम्झौता

विराटनगर २५ माघ । विराटनगर हार्डवयर संघ तथा विराट नर्सिङ होम प्रा.लि. विराटनगरबिच स्वास्थ्य परिक्षण छुटसँग सम्बन्धित सम्झौता भएको छ । संघमा दर्ता भएका हार्डवेयर व्यवसायका सदस्य, कार्यरत कर्मचारी र कर्मचारीका आश्रित परिवारका सदस्यहरुको स्वास्थ्यउपचारमा सघाउ पुर्याउने उद्देश्यले सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्य परिक्षण गर्दा विभिन्न सेवाहरुका विशेष छुट उपलब्ध गराउने व्यवस्था गरिएको […]

पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन

विराटनगर २४ माघ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन […]