दाहाल राससको उत्कृष्ट समाचारदाता

विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ । सो पुरस्कारको राशि २० हजार छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति(रासस)ले यस प्रदेशमा बोलिने राष्ट्रिय भाषामा समाचार प्रकाशन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ […]

महानगरद्वारा विज्ञान प्रदर्शनी आयोजना

विराटनगर ६ फागुन । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएकाछन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी इटहरीद्धारा ४२ अभिकर्ता सम्मानित

विराटनगर ५ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी, सुनसरीले तीन दर्जनवढी अभिकर्तालाई आज सम्मानित गरेको छ । पदक योजना एभिचर, महिनामा उत्कृष्ट र बर्षमा उत्कृष्ट गरि ४२ जना अभिकर्तालाई सम्मान गरिएको इटहरी शाखाका प्रमुख भोजमान श्रेष्ठले जानकारी दिनुभयो । इटहरी शाखाले आज आयोजना गरेको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रमका अवसरमा सम्मानित गरिएको श्रेष्ठले […]

एभरेष्ट कार्निभल २.० आजदेखि शुरु

विराटनगर ५ फागुन । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । कार्निभलको पहिलो दिन आज एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरेका छन् । गणित, नेपाली, समाजिक, विज्ञान, कम्प्युटर, बिंगोलगायतका विभिन्न क्षेत्र छुट्याएर बालबालिकाले आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुको परियोजना प्रदर्शनी गरेका थिए […]

कोशी प्रदेश सरकारले १४ जना स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने

विराटनगर ५ फागुन । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मापदण्ड पुरा गरेसंगै उत्कृष्ठ कार्य गरेकालाई चयन गरि प्रदेश सरकारले पुरस्कृत गर्न लागिएको हो । प्रदेश सरकारले चादीको सिक्कासहित स्वंयसेविकालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गरि सम्मान गर्ने तयारी […]