तेजस्वी वचत तथा ऋण सहकारीमा चुँडाल

विराटनगर २० पुस । तेजस्वी वचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा देवी चुँडाल निर्वाचित हुनु भएको छ । सहकारीको आज सम्पन्न १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चुँडालको अध्यक्षमता १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिकाे उपाध्यक्षमा शम्भु पाेखरेल, सचिवमा मीना केसी, काेषाध्यक्षमा कमल काेइराला रहनु भएकाे छ । सदस्यहरूमा सरिता आचार्य, श्याम उपाध्याय, देवराज भट्टराई, शम्भु पाैडेल र रेशावती रिमाल रहनु भएकाे छ ।

लेखा समिति संयाेजकमा मणिराज प्रसाँइ, सदस्यमा नयन ओझा र राधिका घिमिरे निर्वाचित हुनुभएकाे छ ।

नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण आजै गरिएको थियो । निवर्तमान अध्यक्ष रमेशकुमार आचार्यले नवनिर्वाचित अध्यक्ष चुँडाललाई पद हस्तान्तरण गर्नु भएको थियो ।

यसअघि आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१–०८२ को बार्षिक कार्यक्रम तथा अनुमानित वजेट सर्वसम्मत पारित गरेको थियो ।