विराटनगर ४ पुस । उच्च अदालत विराटनगरले स्तरबृद्धिको माग गर्दै निवेदन दिएका विराटनगर महानगरपालिकाका कर्मचारीको पक्षमा रिट जारी गरेको छ । गत पुस २ गते विपुल न्यौपाने र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अन्तिम फैसला गर्दै कर्मचारीको पक्षमा रिट जारी गरेको हो । कोशी प्रदेश सरकारको स्थानीय सेवा ( गठन तथा सञ्चालन) अध्यादेश २०८० अनुसार स्तरबृद्धि […]
विराटनगर ३ पुस । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत हुनु भएको छ । आज नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार […]
विराटनगर ३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्नु भएको छ । उहाँले एमाले साँझा पहिचानको पक्षमा अडिग रहेको बताउनुभयो । नेकपा एमाले मोरङले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ हामी जनतासँग जे भनेर जान्छौं, चुनाव जितेपछि पनि […]
विराटनगर ३ पुस । विराटनगरबाट ४ महिना अघिदेखि बेपत्ता भएका तीन बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ । गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक, ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित […]
विराटनगर ३ पुस । विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलमा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०-८१–२०८४-८५ को आवधिक योजनाका विषयमा छलफल भएको हो । विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम […]