विराटनगर, २ साउन । दरबन्दी अनुसार न्यायाधिसहरु नहुदा मुद्या फछ्र्याेट र फैसला लेखनमा समस्या भइरहेको उच्च अदालत विराटनगरले जनाएको छ ।
आज उच्च अदालत विराटनगरले आयोजना गरेको संचारकर्र्मीहरु संगको अन्तक्रिर्या कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधिस रहेकाले मुद्दा फछ्र्र्याैटमा समस्या भएको जानकारी दिनुभयो । उहाँले १२ जना न्यायाधिसको दरबन्दी भएपनि ९ जना मात्र न्यायाधिस हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फछर््यौट गर्न नसकिएको बताए । उहाँले पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्याको चाप बढेको हुनाले दरबन्दी अनुसार न्यायाधिस पठाउन आग्रह समेत गर्नुभयो ।
उच्च अदालत विराटनगरमा पर्याप्त न्यायाधिस मात्र होइन, कर्मचारीहरुको पनि अभाव हुँदा फैसला लेखनमा समस्या भएको सो कार्यक्रममा बताइएको थियो । अन्तक्रिर्या कार्यक्रममा उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले आर्थिक वर्ष ०८०/८१ मा गरिएको कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो ।
उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष०८०/८१ मा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फछ्र्र्याैट गरेको जनाएको छ । सो अदालतमा दुई वर्षको १२ वटा र अठार महिनाको ८७ वटा मुद्दा बाँकी रहेको जनाएकोछ । चालू आर्थिक वर्ष ०८१/८२ मा पुरानो ४ हजार १ सय ८३ वटा गरी करिब ९ हजार मुद्दा दर्ता हुने अनुमान गरिएकाले मुद्दाको चाप अनुसार न्यूनतम पनि १४ जना न्यायाधिसहरु आवश्यक रहेको उच्च अदालत विराटनगरले जनाएको छ ।