औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो

विराटनगर ११ असार । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको हो । संघले असार ६ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक कामहरू गरेको थियो । सप्ताहव्यापी रुपमा गरेको […]

विद्युतीय फोहोर व्यवस्थापनमा ध्यान नदिंदा जोखिममा मानव स्वास्थ्य

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय […]

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको पदभार ग्रहण

विराटनगर, ११ असार । कोशी प्रदेस संसदीय पत्रकार मञ्चको नयाँ कार्यसमितिले आईतबार पदभार ग्रहण गरेको छ । असार २ गते भएको निर्वाचनले कुमार लुईटेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । विराटनगर स्थित प्रदेश सभा भवनमा आयोजित एक कार्यक्रममा नयाँ कार्यसमितिलाई […]

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाख

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औँ नगर सभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ६५ करोड ५५ लाख […]

नेपाली सेना –पाँच दिने विपद् अभ्यास हातेमालो

विराटनगर ९ असार । नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले विपद् व्यवस्थापन सम्बन्धी पाँच दिने अभ्यास हातेमालो –५ आज थलाहामा सम्पन्न भएको छ । जिल्लामा हुने वाढी, पहिरो , डुवान, आगलागी तथा भुकम्पका समयमा जनधनको क्षतिको न्यूनिकरण एवं राहत र उद्धारका कार्यमा विपद व्यवस्थापनसँग सम्वद्ध सम्पूर्ण निकायहरुलाई समन्वयात्मक ढंगबाट परिचालन लागि अभ्यासको आयोजना गरिएको गणका […]