पूर्व विद्यार्थी समाजद्वारा सुकुना क्याम्पसमा रक्तदान

विराटनगर २६ मंसिर । सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङमा रक्तदान कार्यक्रम गरिएको छ । पूर्व विद्यार्थी समाजको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेको पूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष प्राञ्जली ढकालले जानकारी दिनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका […]

आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

विराटनगर २६ मंसिर । स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना […]

ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा र बहु विवाहको समस्या बिकराल

विराटनगर २६ मंसिर । भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामिण क्षेत्रमा ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, बहु विवाहको समस्या बिकराल रहेको पाइएको छ । बहु विवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइ दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ । बाल विवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई […]

कोशी प्रदेश सरकारले २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने

विराटनगर २६ मंसिर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताउनु भएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको आज विराटनगरमा आयोजित १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका […]

मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

विराटनगर २६ मंसिर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ । प्रमुख कोइरालाले मंगलबार जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्यासमेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको थियो । सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने […]