कोशी प्रदेश सरकारले भोलिदेखि तीन दिन संविधान दिवस मनाउने

विराटनगर १ असोज । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन भव्य रुपमा मनाउने भएको छ । असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनः विद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने छ । प्रदेश मूल […]

काेशीका मुख्यमन्त्री कार्कीले असाेज २ गते विश्वासको मत लिने

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा […]

राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नु पर्ने बताउनु भएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा बालवालिकाको प्रश्नको उत्तर दिदै उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका लागु पदार्थ दुव्र्यसनी रोकथाम, कुप्रथा अन्त्यका लागि […]

संवैधानिक परिषदको कुनै परम्परा तोडिएको छैन : माओवादी केन्द्रका अध्यक्ष दाहाल

विराटनगर २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड)ले शुक्रबार बसेको संवैधानिक परिषदको वैठकले प्रधान न्यायाधीशको नियुक्त नगरेर कुनै परम्परा नतोडिएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधान न्यायाधिश वरिष्ठताको आधारमा नियुक्त गरिने तर सबै आठजना सर्वोच्चका न्यायाधिश उत्तिकै योग्य हुनु भएकोले सबैको व्यक्तिगत विवरण अध्ययनका लागि वैठक पर्सिका […]

पूर्वप्रधानमन्त्री दाहालद्वारा कृषि एक्स्पोको अवलोकन

विराटनगर २९ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिन सक्ने बताउनु भएको छ । आज विराटनगर आउनु भएका प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुग्नु भएको […]