इडेनबर्ग कलेज विराटनगर : ४४२ विद्यार्थीको स्वागत, १६० को विदाई

विराटनगर २७ वैशाख । इडेनबर्ग कलेज विराटनगरले स्नातक तहको व्यवस्थापन र शिक्षा संकायमा भर्ना भएका ४४२ विद्यार्थीको स्वागत गरेको छ ।

व्यवस्थापन संकायको वीवीएस प्रथम वर्ष र शिक्षा शास्त्र संकायको वीएडमा भर्ना भएका विद्यार्थीको स्वागत गरिएको हो । विराटनगरको सिटी प्यालेसमा आयोजित कार्यक्रममा व्यवस्थापन र शिक्षा संकाय अन्र्तगत स्नातक तह अध्ययन पुरा गरेका १६० विद्यार्थीलाई कलेजले विदाई गरेको छ । विद्यार्थी स्वागत तथा विदाई कार्यक्रमका अवसरमामा कृष्ण देवान स्मृति छात्रवृत्रि पनि वितरण गरिएको छ । पत्रकार प्रेम देवानकास्वर्गीय बुबाको स्मृतिमा स्थापना गरिएको छात्रवृत्रि वीवीएस तेस्रो वर्षमा अध्ययनरत प्रेम रौनियार र आरिफ अन्सारीलाई प्रदान गरिएको छ ।

प्रतिनिधिसभा सदस्य मोरङ ५ का सांसद योगेन्द्र मण्डलले विद्यार्थीलाई प्राविधिक र व्यवहारिक शिक्षा अनिवार्य रहेको बताउनुभयो । प्राविधिक सीपमा जोड दिन उहाँले आग्रह गर्नुभयो । क्याम्पस प्रमुख डिके साहले विद्यार्थीलाई संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेज अगाडि बढेको बताउनुभयो । कलेजका सञ्चालक भुवन नेपालले इडेनबर्ग कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले २०७४ सालदेखि कान्तिपुर कलेज सहित नयाँ व्यवस्थापनमा कलेज सञ्चालन गरिएपछि कलेज दक्ष र योग्य जनशक्ति उत्पादनमा केन्द्रीत रहेको बताउनुभयो । उहाँले विराटनगर शैक्षिक हव भएको बताउनुभयो । सञ्चालक नेपालले भन्नुभयो,‘ विराटनगरका कलेजहरुमा अहिले १४ हजार विद्यार्थी अध्ययनरत छन् ।’

कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रस्तुती दिनेहरुलाई कलेजले नगद पुरस्कार वितरण गरेको थियो । २०६६ सालमा स्थापित कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत रहेको कलेजका अध्यक्ष विष्णु दाहालले जानकारी दिनुभयो ।