बालसंसारको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर २४ फागुन । विराटनगर ५ को बालसंसार इङलिस बोर्डिङ स्कुलले आइतबार ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गरेको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले बालबालिकालाइ कितावी ज्ञानमा मात्रै सिमित राख्नु नहुने बताउनुभयो । उहाँले बालसंसारले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको बालबालिकाको प्रस्तुतीबाट देखिएको  बताउनुभयो । उहाँले भन्नुभयो,‘ बालबालिकालाई प्रतिभा प्रस्तुत गर्ने वातावरण स्कुलले बनाइदिनुपर्छ ।’ समन्वय इकाई मोरङका प्रमुख दाहालले स्कुलले छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, हिसान मोरङका सचिव भुवन नेपाल, स्टेशनरी व्यवसायी संघ मोरङ अध्यक्ष सुशील घिमिरे , स्कुलकी एकाडेमी इन्चार्ज मीरा राई लगायतले बोल्नु भएको थियो ।

विद्यालयका प्रिन्सीपल खड्ग राईले बालसंसारका विद्यार्थी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभयो । विद्यालयले अन्तरविद्यालय प्रतियोगितामा प्रतिष्पर्धी भएर विजेता बन्दै आएको बताउनुभयो । विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण लगायतका कामहरु विद्यालयले गर्दै आएको बताउनुभयो ।

विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीले नृत्य, गायन, बाध्यबाधन, विभिन्न खेल कौशलहरु प्रदर्शन गरेका थिए ।