काँग्रेस-एमाले समीकरण पदकाे दाउपेच हैन : मुख्यमन्त्री कार्की

विराटनगर २ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गर्नुभएको छ । कोशी प्रदेश सभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताउनुभयो । ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने […]

नोवेल अस्पताल विराटनगरमा क्यान्सर रोगको उपचार सेवा विस्तार

विराटनगर २ असाेज । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार क्यान्सर उपचारका लागि निर्मित नयाँ भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको हो । महाप्रबन्धक राईले तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको जानकारी दिनुभयाे। नोवेलमा दैनिक बहिरङ […]

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री कार्कीद्वारा बधाई ज्ञापन

विराटनगर २ असाेज । कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गर्नु भएको छ । लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए । ७ समिति मध्ये ३ समितिमा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ […]

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

विराटनगर २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । सत्तासमीकरण परिवर्तन भएपछि नेकपा माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेश सरकारबाट गएको साउन ११ गते माओवादी बाहिरीएको थियो । सत्ता […]

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने

विराटनगर १ असोज । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरिय कार्यशाला गोष्ठि आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिनुभयो । कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट […]