कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन, रानालाई संयोजकको जिम्मेवारी

विराटनगर २६ वैशाख । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा नेपाल कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ ।

बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

बोर्डले महासंघको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासंघ गठन नभएकोले ३ महिना भित्र अधिवेशन गरी पूर्ण समिति गठन र बोर्डमा दर्ता गराउने जिम्मेवारी सहित तदर्थ समिति गठन गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिनु भयो ।

तदर्थ समितिको सदस्यमा अनिस राजधामी, रेनुका राई, कमिक कुमार राई, अनिल नेपाल,रुपा लिम्बू, रविन राई, मोतीचन्द्र राई, दिपक मगर, विप्लव राई, सागर राउत रहनु भएको छ ।