पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक

विराटनगर २६ वैशाख । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ ।

भुँडीपुराण प्रकाशनले प्रकाशन कथासंग्रह शुक्रबारदेखि बजारमा आएको हो । लामा तथा छोटा गरी २१ कथा संगृहीत पुस्तकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गर्नुभएको हो ।

२४२ पृष्ठको संग्रहका अधिकांश कथामा यथार्थपरक र नेपाली समाजभित्रकै विषय समेटिएका छन् । केही कथा भने स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो ।

अढाई दशकदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निबन्ध तथा अन्य रचना फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।