विराटनगर २३ साउन । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको संरक्षणका लागि संघर्ष समिति गठन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीसमेतको सर्वपक्षीय भेलाले समिति गठन गरेको हो । भेलाले विराटनगरस्थित कोसी अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीको […]
विराटनगर २३ साउन । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । सुनसरीको धरानलगायतका केही […]
विराटनगर २२ साउन । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने […]
विराटनगर १९ साउन । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । १९ वटै वडाबाट […]
विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । डेङ्गी रोगको सम्भावित महामारीको तयारी […]