स्वास्थ्यको कोशी प्रदेश स्तरिय बार्षिक समीक्षा

विराटनगर २१ कात्तिक । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठी आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्यलाई ध्यानदिन आग्रह गर्नु भएको छ । उहाँले बाल मृत्युदर, मातृ मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले सरकारले दिएको […]

मुख भित्र जिब्रो भन्दा माथी चिरिएका मानिसहरुको शल्यक्रियापछि दिइने बोलिको तालिम विराटनगरमा नि:शुल्क

विराटनगर १७ कात्तिक । फेक्ट नेपालको आयोजनामा ओठ तथा तालु ( मुखभित्र जिब्रोभन्दा माथी ) चिरिएका मानिसहरुका लागि शल्यक्रियापछि दिइने बोलिको तालिम विराटनगरको रामजानकी सेवा सदनमा निशुल्क रुपमा सुरु भएको छ । एक हप्ता सम्म चल्ने बोलिको तालिममा बिरामीहरुलाई खाने बस्ने सुबिधा सहित सेवा प्राप्त हुने आयोजकले बताएको छ । फेक्ट नेपालका स्पिच थेरापिस्ट शिवकुमारी […]

पाँच महिनादेखि थलिएकी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार

विराटनगर १३ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो । सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार […]

विराटनगर ८ द्धारा सुत्केरीका लागि कोशेली वितरण

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका वडा नंं ८ ले सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम शुरु गरेको छ । वीडीइसी नामक संस्थासँगको साझेदारीमा विराटनगर महानगरपालिकाले १९ वटै वडामा बाल स्वास्थ्य संवन्धि विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम अन्र्तगत विराटनगर ८ मा रहेका सुत्केरीहरुलाई कोशेली वितरण शुरु गरिएको हो । बच्चाका लागि कपडा, पौष्टिक […]

महानगगरको स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न

विराटनगर १७ असोज । विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । उहाँले महानगरवासीले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने गरी […]