विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]
विराटनगर ८ माघ । कोशी प्रदेश सरकारले विराटनगर– १० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रस्तावित एक सय शैय्याको हुने उक्त केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनु भयो । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीहरुले […]
विराटनगर ५ माघ । तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ०७६ चैत २१ गते विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी कोभिड अस्पताल सञ्चालन गरेको थियो । कोरोनाको प्रकोप तीव्र रुपमा फैलिएको अबस्थामा छुट्टै अस्पतालमा राखेर उपचार गर्ने उद्देश्यले शुरु भएको अस्पतालमा सरकार परिवर्तनसँगै सेवा पनि परिवर्तन हुँदै आएको छ । तत्कालिन सामाजिक […]
विराटनगर ७ माघ । नेपालमा देखा परेका उपेक्षित उष्णप्रदेशीय रोगहरु नियन्त्रणमा राज्यको प्राथमिकता कम भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले प्रतिबद्धता जनाएपनि प्राथमकितामा पर्न नसक्दा सन् २०२० भित्रमा उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई निवारण गर्न नसकिएको उनीहरुको भनाई छ । उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारबाट अत्यन्तै न्युन बजेट विनियोजन हुने गरेको सरोकारवालाहरुको भनाई […]
विराटनगर ५ माघ । कोशी प्रदेशमा सरकार परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रमहरु परिवर्तन हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारको नेतृत्व परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रम परिवर्तन भईरहनु राम्रो नभएको उनीहरुको भनाई छ । प्रदेश सरकारले छुट्टै स्वास्थ्य नीति नबनाएका कारण पनि समस्या भईरहेको उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले विहीबार विराटनगरमा […]