काेशी प्रदेश पूर्णखाेप सुनिश्चितता भएकाे घाेषणा

विराटनगर ,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकाहरुलाई खोपबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिताको घोषणा गर्दै उहाँले बालबालिकाको सबै १३ बटा खोप १६ महिनामा लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकालाई आग्रह एवं निर्देशन दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई खोप सुनिश्चिता घोषणा गर्न पाएकोमा खुशी व्यक्त्त गर्दै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा राख्न पाएकोमा सबैलाई बधाई एवं शुभकामना दिनु भयो । उहाँले स्वास्थ्य क्षेत्र सम्वेशनशिल क्षेत्रमा भएको चर्चा गर्दै सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोवाइल भ्यानबाट सेवा प्रभारम्भ गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले बाल विवाह,छुवाछुत, बालमृत्यु, सुत्केरी मृत्यु दर न्यूनिकरण गर्न स्थानीय तहको सहयोगमा हामीसबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी लाग्नु पर्नेमा खोड दिनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी नआउन दिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनु पर्ने बताउँदै यसलाई निरन्तर रुपमा अनुगमन गरी उपलव्ध गराउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्यामा मन्त्रालयका सचिव पोखरेलले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका १३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।