विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा […]
विराटनगर २३ जेठ । विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । […]
विराटनगर १५ जेठ । एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोक्न सरोकारवालावीच दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वस्थ समाजको लागि हाम्रो अभियान नेपाल विराटनगरको आयोजना तथा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाको सहकार्यमा दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा एचआईभी कार्यक्रम र सेवा, एचआईभीको अवस्था र लक्षित समूह, एचआईभी, विभेदीकरण र अबहेलनाका […]
विराटनगर ९ जेठ । नेपाल चिकित्सक संघ कोशीले मोरङ उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. ब्रोसिस बुढाथोकीमाथि भएको सांघातिक हमला प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघले अस्पतालमा चिकित्सक माथि आफ्नो कर्तब्य निर्वाह गरिरहेको अवस्थामा यसरी आक्रमण गरेर अमानवीय गतिविधि गर्नेलाई पनि अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याई कानुन […]
विराटनगर ९ जेठ । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा ओपिडी सेवा बन्द गरेका छन् । अस्पतालमा कार्यरत मेडिकलअफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेका […]