
पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थय समस्या बनेको छ।विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । जसमध्ये एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८०% धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका देशहरुबाट रहेको देखिन्छ। नेपालको सन्दर्भमा हेर्दा नसर्ने रोगहरु (NCDs) को लागि धुम्रपानको उपभोग प्रमुख जोखिम कारक हो, जसले उल्लेखनिय रोगि र मृत्युदर बढेको मानिन्छ । मुलुकको सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण गर्न बिभिन्न निति निर्माण, पहल तथा प्रयासहरुहुदा हुदै पनि सुर्तिजन्य उत्पादनको खपत एक महत्वपुर्ण सार्वजानिक स्वास्थ्य समस्या बनेको छ । तसर्थ सुर्तिजन्य पदार्थ नियन्त्रणका उपायहरुलाई थप सुदृढ गर्न र सुर्तिजन्य पदार्थको प्रयोग घटाउने प्रयास जारि नै रहेको मान्न सकिन्छ ।
सुर्तीजन्य पदार्थको उपभोगले व्यक्तिको परिवार र समाज दुवैमा गम्भिर असर पर्दछ। यि प्रभावहरु स्वास्थय समस्याहरुदेखि आर्थिक तनाव र मनोवैज्ञानिक प्रभावहरुसम्मका हुन सक्छन् । सुर्तीजन्य पदार्थको उपभोगले प्रयोग गर्ने व्यक्तिको मात्र नभएर सेकेण्डह्यन्ड धुवाको सम्पर्कमा आउनेहरुका लागि पनि स्वास्थय समस्याहरुको व्यापक दायरा निम्त्याउन सक्दछ। सेकेण्डह्याण्ड धुवाको सम्पर्कमा रहेका परिवारका सदस्यहरुलाई श्वाशप्रश्वाशसम्बन्धि समस्याहरु, मुटुसम्वन्धि रोगहरु र निश्चित प्रकारका रोगहरु हुने जोखिम बढेको हुन्छ। यसबाहेक सुर्ति सेवन गर्ने व्यक्तिले विभिन्न स्वास्थय सम्स्याहरुबाट पिडित हुने सम्भावना बढेकोले स्वास्थ्य सेवामा समेत लगत बढ्ने भएकोले उत्पादनमा ह्रास आउन सक्दछ । यसका साथै सुर्तिजन्य उत्पादनहरु खरिद गर्दा लाग्ने खर्चले व्यक्ति र परिवार दुवैमा व्पापक आर्थिक संकट सिर्जना गर्दछ। सुर्तिजन्य पदार्थको लतले प्राय सिगरेट वा अन्य सुर्तिजन्य उत्पादनहरुको नरन्तर आवश्यकता निम्त्याउने भएको हुनाले शिक्षा, स्वास्थ्य तथा भविष्यको लागि बचत जस्ता अत्यावश्यक प्रयोजनका लागि प्रयोग गर्न सकिने रकम समेतको लापरवाहि खर्च रोक्न सक्ने स्थिति नरहन सक्छ ।
”चुरोट, खैनी,विडि,तमाखु, ई-सिगरेट, हुक्का, सुल्फा इत्यादि लगायतका सुर्तीजन्य पदार्थहरुमा रहेको हानिकारक रसायनहरुले केवल प्रयोगकर्ताहरुमा मात्र नभएर सेकेण्डह्यन्ड धुवाको सम्पर्कमा आउनेहरुका लागि समेत समान रुपमा हानिकारक हुने भएकोले बालबालिका जस्तो जोखिममा रहेका अन्य समुह वा जनसङ्ख्या एंव समग्र रुपमा परिवार, समाज र वातावरणमा निमत्याउने समाजिक, मानसिक, आर्थिक तथा अन्य नकरात्मक असरहरु विचारणिय छ।”
त्यसैगरि परिवारमा विशेषगरि बच्चाहरु, प्राय आफ्नो आमाबुबा वा परिवारको वृद्ध सदस्यहरुलाई रोल मोडल हेर्ने र जब एक व्यक्तिले सुर्ति सेवन गर्छ, यसले सो व्यवहारलाई सामान्य बनाउँछ र परिवारका सदस्यहरु लगायत अरुलाई पनि सुर्तिको प्रयोग गर्न थाल्न प्रभाव पर्दछ । यसरि लतको चक्रलाई निरन्तरता दिनेहुदाँ भावि पुस्ताहरुका लागि नकरात्मक स्वास्थय परिणामहरुको जोखिम बढ्न सक्छ । यसै क्रममा सुर्तीजन्य पदार्थको सेवनले व्यक्ति र परिवार दुवैमा पर्ने भावनात्मक र मनोवैज्ञानिक प्रभाव नजरअन्दाज गर्न सकिदैन। परिवारको सदस्यहरुमा आफ्नो प्रियजनको सुर्ती प्रयोग र त्यसले निम्त्याएको असरका कारण तनाव, चिन्ता, लाज वा अपराधको भावना अनुभव हुन सक्छ भने प्रयोगकर्तालाई दुर्व्यसनिले दोषी, लाज र आत्मसम्मान गुमाएको अनुभुतिले पिडित बनाएको हुने गर्दछ। साथै यस्ता हानिकारक पदार्थलाई समाजले बढ्दो रुपमा तिरस्कार गरिरहेको हुदा प्रयोगकर्ताहरुले सामाजिक कलंक र भेदभावको सामना गर्नुपर्छ जसले एक्लोपन र बहिष्कारको भावना निम्त्याउने र यि समाजिक कलंक जस्ता कुराहरु परिवारसम्म विस्तार भई सामाजिक अन्तरक्रिया र समुदाय भित्रको सम्बन्धलाई लाई समेत खलल पार्दछ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवन रोक्न र नियन्त्रण गर्न विभिन्न कानुनी प्रावधान र नीति तथा प्रयासहरु आत्मसात गरिएका छन्। छन्। यी उपायहरु सुर्तीजन्य पदार्थको प्रयोगसँग सम्बन्धित स्वास्थय जोखिमहरुलाई सम्बोधन गर्न बर्षौदेखि लागु गरिएको छः
कानुनी व्यवस्थाहरुः
१.नेपालको संविधान
- धारा ३५ स्वास्थ्य सम्बन्धी हकः(१) प्रत्येक नागरिकलाई आधारभूत स्वास्थय सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ। कसैलाई पनि आकस्मिक स्वास्थयसेवाबाट वञ्चित गरिनेछैन। (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानि तथा सरसफाइमा पहुँचको हक हुनेछ।
- धारा ३० स्वच्छ वातावरणको हकः(१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाचँन पाउने हक हुनेछ। (२) वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदुषकबाट कानुन बमोजिन क्षतिपुर्ति पाउने हक हुनेछ।
- धारा १६ प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाच्न पाउने हक हुनेछ।
- धारा ४१ ज्यष्ठ नागरिक सम्बन्धि हक।
- धारा ३९ बालबालिकाको हकः(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा व्यक्तित्व विकासको हक हुनेछ।
२. सुर्तीजन्य पदार्थको उत्पादन (नियनत्रण र नियमन) ऐन, २०६८
३. सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८
४. सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१
अन्य नीति तथा प्रयासहरुः
१. तंबाकु प्याकेजहरुमा स्वास्थ्य चेतावनीःनेपालले विश्वमासुर्तिजन्य उत्पादनमा सबैभन्दा ठुलो सचित्र स्वास्थय चेतावनी (PHW) लागु गरेको छ। कुनै पनि प्रकारको प्याकेजिङ्गमा चेतावनीको आकार ७५% बाट ९०% सम्म बढाइएको थियो। यी चेतावनीहरु स्वास्थ्य मन्त्रालयद्वारा बारम्बार परिवर्तन हुन्छन्।
२. सुर्तीजन्य उत्पादनमा करःसन् १९९२ मा नेपालले सुर्तीजन्य पदार्थको उपभोगलाई नियन्त्रण गर्ने उपायको रुपमा अन्तराष्ट्रिय सूर्तीजन्य ब्रान्डहरुमा कर लगाउन थाल्यो। यो कर नीतिले सूर्तीजन्य पदार्थको मुल्य बढाउने उदेश्यले कम किफायती बनाउने लक्ष्य राखेको छ।
३. सुर्तीजन्य विग्यापनमा प्रतिबन्धः सन् १९९८ मा नेपालले श्रव्य भिजुअल मिडियामा सूर्तीजन्य विज्ञापनप्रतिबन्ध लगाएको थियो। र यो उपाय सूर्तीजन्य उत्पादनको प्रवर्धन र बजारीकरणलाई कम गर्ने उदेश्यले गरिएको हो।
४. सुर्ती नियन्त्रण र नियमन ऐनः सूर्तीजन्य उत्पादन (नियन्त्रण र नियमन) ऐन २०६८ , नेपालमा सूर्ती नियन्त्रण गर्ने प्राथमिक कानुन हो। यस ऐनले सार्वजानिक स्थान, कार्यस्थल र सार्वजानिक यातायातमा धुम्रपान, सूर्तीजन्य विज्ञापन,प्रवर्द्धन र प्रयोजन, सूर्ती प्याकेजिङ र लेबलिङलगायत सूर्ती नियन्त्रणका विभिन्नपक्षहरुलाई नियमन गर्दछ। ऐनले धुम्रपान नियन्त्रण समिति गठन गर्ने र उल्लंघन गर्नेलाई सजाय र जरिवानाको व्यवस्था गरेको छ।
५. सूर्तीजन्य पदार्थमा स्वास्थ्य करः सूर्तीजन्य उत्पादन (नियन्त्रण र नियमन) ऐन २०६८ ले सूर्तीजन्य पदार्थमा स्वास्थ्य कर लगाउने प्रावधान पनि समावेश गरेको छ। यो कर राजस्व आर्जन गर्ने र सूर्तीजन्य पदार्थलाई निरुत्साहित गर्ने उदेश्यले लगाइएको हो।
चुनौतीहरुः
१.न्युन अन्तःशुल्क करः नेपालमा सुर्तीजन्य उत्पादनहरुमा लाग्ने अन्तशुल्क दर कम रहेको कारण यसले सुर्तीजन्य उत्पादनहरुलाई सजिलै उपलब्धगराउन र उच्च उपभोगदरमा योगदान पुर्याउछँ।
२.कमजोर अनुगमन संयन्त्रहरुः सुर्ती नियन्त्रण नीतिहरुको कार्यान्वयन कमजोर अनुगमन संयन्त्रहरुले बाधा पुर्याउँछ र सोको कारण सुर्तीजन्य विज्ञापनप्रवर्द्धनमा प्रतिबन्धको कमजोर अनुपालन हुन्छ।
३.सुर्तीजन्य उन्मुलनका लागि अपर्याप्त कार्यक्रमहरुः विशेषगरि पुरुष, अशिक्षित, बालबालिका र वृद्ध व्यक्तिहरु जस्ता उच्च जोखिममा रहेका समुहहरुका लागि लक्षित सुर्ती उन्मुलन कार्यक्रमहरुको अभाव छ।
४.सुर्तीजन्य उन्मुलनका लागि अपर्याप्त समर्थनः प्राथमिक स्वास्थ्य हेरचाह केन्द्रहरु(PHCC) मा स्वास्थ्य सेवाकर्मीहरुलाई सुर्ती सेवन छोड्न बिरामीहरुलाई सहयोग गर्न पर्याप्त रुपमा तालिम दिइएको देखिँदैन।
रणनितीहरुः
१. परामर्श र समर्थनः व्यवहार परामर्श, व्यक्तिगत वा समूह थेरापि र समर्थन समुहहरुले धुम्रपान गर्नेहरुलाई सुर्तीमा मनोवैज्ञानिक निर्भरता हटाउन मदत गर्न सक्छन्। यी सेवाहरु प्रायः स्वास्थ्य सेवा प्रदायकहरुद्वारा प्रदान गरिन्छन र क्विक लाइनहरु मार्फत पहुँच गर्न सकिन्छ।
२. लाइनहरु र हटलाइनहरुको व्यवस्थाः टोल-फ्री क्विक लाइनहरु र हटलाइनहरुले धुम्रपान छोड्न प्रयास गर्नेहरुलाई २४/७ समर्थन र मार्गदर्शन प्रदान गर्दछ। यी सेवाहरु प्रायः प्रशिक्षित सल्लाहकारहरु द्वारा संचालित गरिन्छ र बहुमुल्य स्रोत र प्रोत्साहन प्रदान गर्न सक्छन्।
३. सुर्तीजन्य अन्तशुल्क वृद्धिः सुर्तीजन्य पदार्थमा बढ्दो करले सोलाई कम किफायति र युवाहरुलाई कम आकर्षक बनाउन सक्छ। यो रणनिति सूर्तीजन्य पदार्थ न्युनिकरणमा निकै प्रभावकारी रहेको देखिएको छ।
४. धुम्रपान रहित स्थानको घोषणाः सार्वजानिक स्थान र कार्यस्थलहरुमा धुम्रपान रहित नीतिहरु लागु गर्नाले दोस्रो हाति धुवाको जोखिमलाई उल्लेखनिय रुपमा कम गर्नुका साथै धुम्रपान छोड्न प्रोतसाहित गर्न सक्छ।
५. ग्राफिक स्वास्थ्य चेतावनीः सुर्तीजन्य पदार्थको प्याकेजिङ्गमा ग्राफिक र विचलितपार्ने छविहरु प्रयोग गर्नाले सुर्तीजन्य पदार्थको प्रयोगसंग सम्बन्धित स्वास्थ्य जोखिमहरुको बारेमा चेतना जगाउन सक्छ र युवाहरुलाई धुम्रपान सुरु गर्नबाट रोक्न सक्छ।
६. डिजिटल अभियानहरुः सामाजिक संजाल अभियानहरु र अनलाइन पहलहरुले युवाहरुलाई संलग्न गराउन र सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरुबारे चेतना जगाउन सकिन्छ। यी अभियानहरुले सुर्ती छोड्ने प्रयास गर्नेहरुलाई स्रोत र समर्थन पनि प्रदान गर्न सक्छ।
७. बढ्दो सामुदायिक हस्तक्षेपहरुः समुदाय- आधारित हस्तक्षेपहरु जस्तै सामुदायिक आउटरिच कार्यक्रमहरु र जनचेतना अभियानहरुले फराकिलो श्रोताहरुमा पुग्न र सोहिबिच छोड्न प्रयास गर्नेहरुलाई समर्थन प्रदान गर्न सक्छ।
८. स्वास्थ्य सेवा प्रदायकको संलग्नताः स्वास्थ्य सेवा प्रदायकहरुले धुम्रपान छोड्न मदत गर्न महत्वपुर्ण भुमिका खेल्छन्। उनीहरुले परामर्श प्रस्ताव गर्ने, निकोटिन लालसा र निकासी लक्षणहरु कम गर्न मदत गर्ने औषधिहरु लेख्ने र छोड्ने प्रयास गरिरहेका बिरामीहरुलाई निरन्तर समर्थन प्रदान गर्न सक्छन्।
अतः नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग प्रारम्भ को औसत उमेर लगभग १३-१४ बर्ष रहेको अध्ययनले जनाउँछ। मिडिया परिवार जस्ता बाह्य प्रभावहरुले किशोरकिशोरीहरु सूर्ती सेवनमा संलग्नता हुने प्रमुख कारण देखिन्छ। पछिल्लो समयमा नेपालमा ई-चुरोटको क्रेज उत्तिकै देख्न पाईन्छ। परम्परागत चुरोटको विकल्प अनुरुप सूर्ती उत्पादकहरुले ऊपलब्ध गराउने भेप, सिसा जस्ता पदार्थले यो पुष्तालाई आकर्षण गर्ने हुँदा लोकप्रियता बढ्नुको साथै नयाँ प्रयोगकर्ताहरु बढ्ने जोखिम बढेको छ। मुलुकले विभिन्न कानुनी प्रावधानको व्यवस्था र नीति तथा पहल र प्रयासहरु आत्मसात गरेको अवस्था हुदाँहुदै पनि सुर्ती सेवन नियन्त्रण नभाएका कारणहरु उल्लेखित चुनौतिहरुबात अन्वेषण गरि, नेपालमा सुर्ती रोकथाम पहलको विश्लेषण र प्रभावकारी कार्यान्वयन र मुल्याङ्कनका लागि प्रस्तावित रणनीतिहरुले देशमा सूर्तिजन्य पदार्थको प्रयोग विरुद्ध लड्न जनस्वास्थ्य प्रयासहरुलाई अगाडि बढाउन मह्वपुर्ण योगदान पुर्याउन सक्ने निष्कर्शमा आउन सकिन्छ ।