रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने

विराटनगर १८ माघ । रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा मोरङको बुढीगंगामा क्यान्सर रोग सचेतना सम्बन्धी ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम संचालन गरिने भएको छ । इन्स्टिच्युटले माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर ‘आशा–क्लोज द केयर ग्याप’ कार्यक्रम अन्तर्गत १६ वटा अलग–अलग कार्यक्रम आयोजना गर्ने जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन […]

जनस्वास्थ्य ऐन अध्यादेश फिर्ता गर्न जिल्ला समन्वय समिति महासंघको माग

विराटनगर १८ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजन मेहताले कोशी प्रदेश सरकार अन्तर्गतका जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष हुने व्यवस्था हटाउने निर्णय अविलम्व खारेज हुनु पर्ने माग गर्नु भएको छ । कोशी प्रदेश सरकारले यही माघ ६ गतेको मन्त्रिपरिषदको वैठकद्वारा जनस्वास्थ्य ऐन २०७७ को दफा (३१) को […]

तीनै तहको सरकारको सहयोग र सहकार्यले उपेक्षित उष्णप्रदेशीय रोगको निवारणमा सहयोग पुग्ने

विराटनगर १६ माघ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस र ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रमको अध्यक्षता गर्नु भएका निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशको तीनै तहको सरकारको आपसी सहयोग र सहकार्यले मात्रै […]

मोरङबाट हात्तिपाईले निवारण, समुदायस्तरमा संक्रमण देखिएन

विराटनगर ११ माघ । हात्तिपाईले रोग मोरङबाट निवारण भएको छ । मोरङमा हालै सम्पन्न सर्भेले जनस्वास्थ्यका रुपमा हात्तिपाईले रोग नरहेको पाईएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय मोरङले आज विहान पत्रकार सम्मेलन गरि यसवर्षदेखि मोरङमा हात्तिपाईलेको औषधि खुवाउनु नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग […]

मोरङको ग्रामथानका अध्यक्ष गच्छदार अस्पताल भर्ना

विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]