राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्तीय आयोग वार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर, २५ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नेपाल संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगका सदस्य विपिनराज निरौलाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन वुझाउनु भएको छ । प्रदेश […]

विराटनगर महानगरद्धारा २० प्रतिशत बजेट कटौती

विराटनगर २४ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । जेनजी […]

काेशी प्रदेशका नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण

विराटनगर २२ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा प्रदेशको मन्त्रिपरिषद हेरफेर गर्नुका साथै आज साँझ सपथ ग्रहण गराउनु भएको छ। प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ बैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन […]

त्रिभुवन माविका  विद्यार्थी खवासलाई उपचार सहयोग हस्तान्तरण

विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ । गत शुक्रबार  भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि  साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १०  र […]

सुनसरी लौकही घटनाको इन्सेकद्धारा अनुगमन

विराटनगर २२ पुस । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पुस १७ देखि २१ गतेसम्म स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मीहरू, छानविन समिति, मृतकका आफन्त, जनप्रतिनिधि र नागरिक समाजका […]