विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् । यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ […]
विराटनगर, १८ भदौ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको बिषयप्रति कर्मचारी सङ्गठनहरुले विरोध जनाएका छन् । मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारी साधनको साँचो खोसेर अभद्र व्यवहार गरिएको भन्दै बुधबार नेपाली कांग्रेस निकट […]
विराटनगर, १५ भदौ । मोरङ जिल्लामा गत आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक महिला सहित आठ जना व्यक्तिको मृत्यू भएको छ । मोरङमा २०८१ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यू भएको कुरा मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विराटनगर कार्यालयले जनाएको […]
विराटनगर १५ भदौ । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको नेतृत्वको विषयमा झण्डै २ वर्षदेखिको विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ । नेतृत्व विवादमा जिल्ला अदालत मोरङले वादी प्रदिपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको छ । गत असार ८ गतेकोे फैसलासँगै थाकस मोरङमा लामो समय देखिको नेतृत्व विवाद टुंगिएको […]
विराटनगर १४ भदौ । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । ४१ अति विपन्न परिवारलाई आज नयाँ घर हस्तान्तरण गरिएको हो । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थितिमा घर […]