विराट देव सेवा समितिद्धारा एक सय ६८ जनालाई सम्मानित

विराटनगर १३ माघ । विराट देव सेवा समितिले जग्गा दता हिराप्रसाद देव र गौरीदेवी देव सहित एक सय ६८ जनालाई सम्मान गरेको छ । विराटनगर–१३ स्थित समितिले आयोजना गरेको प्रथम वार्षिक उत्तसव र सम्मान कार्यक्रमा उहाँहरुलाई सम्मान गरिएको हो । देवले विराट देवा समितिको नाममा विराटनगर–१३ सैनिक टोलमा एक करोड बराबरको एक कट्ठा ७ धुर […]

जिल्ला बहुउद्देश्यीय सहकारीमा अधिकारी

विराटनगर १३ माघ । जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि मोरङको आज बिराटनगरमा भएको १० औ साधारणसभाले माधव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मणकुमार वैद्य, सचिवमा हिमा मैनाली र सदस्यहरुमा जयनारायण यादव,मञ्जु गौतम ,आशा माझी ,सन्तोस मण्डल , कृष्णबहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की चयन हुनु भएको छ । त्यसैगरी […]

गैसस महासंघ मोरङको १९ औं साधारणसभामा ५ संस्था सम्मानित

विराटनगर १२ माघ । गैरसरकारी संस्था (गैसस) महासंघ मोरङको १९ औं साधारणसभा विहीबार विराटनगरमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा ५ वटा संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पूर्वाञ्चल बालसेवा आश्रम, अम्बे–मुरारी सेवा केन्द्र, मानवअधिकारका लागि एकल महिला समूह मोरङ, नारी विकास संघ इटहरा र युवा विकास संस्था रहेको छ । विराटनगर महानगरका प्रमुख […]

स्वस्थानी व्रत आजदेखि सुरू

विराटनगर ११ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारबारे प्रदेश स्तरीय कार्यशाला

विराटनगर १० माघ । संविधानको अक्षर र मर्म कार्यान्वयन भएमात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्बोधन हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारका सवालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाका वक्ताहरुले संविधान कार्यान्वयनमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणका सवालमा […]