इ-रिक्सा लाइसेन्स चेकजाँच कडाइ गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

विराटनगर २३ मंसिर । विकल्प एन अल्टरनेटिभको आयोजनामा सम्पन्न ई-रिक्सा सवारी चालक प्रमाणपत्र (लाइसेन्स)लाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबिचमा छलफल कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरस्थित कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सम्पन्नमा छलफलमा सरोकारवालाहरूले ई-रिक्साको लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा सहजता आए सँगै चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका […]

सुनसरी रामधुनीका सिटी सफारी चालक हत्यामा संलग्न ७ जना पक्राउ

विराटनगर २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न उनीहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोज तलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]

प्याब्सन स्पोर्टस् मिटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर २२ मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोट्र्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान […]

एभरेष्ट कलर लिमिटेडको विराटनगर शाखा उद्घाटन

विराटनगर २२ मंसिर । एभरेष्ट कलर लिमिटेडको विराटनगर शाखा सोमबार उद्घाटन गरिएको छ । विराटनगर ४ जामुनगाछीमा संस्थाका प्रवन्ध संचालक सरोज लुईंटेल तथा कारखाना प्रमुख नविन निरौलाको उपस्थितिमा शाखा कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको प्रमुख बजार क्षेत्र नेपाल अधिराज्य नै रहेको छ । पूर्व क्षेत्रमा पाँचथरको फिदिम, ईलाम, झापाको गौरादह, गौरीगन्ज, दमक, विर्तामोड, वुधबारे, […]

कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुद्धारा प्रतिभा प्रस्तुत

विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना […]