नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

विराटनगर २४ असोज । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले […]

चाडपर्व सुरक्षाका लागि कोशी प्रदेशमा ८ हजार १३३ प्रहरी परिचालन

विराटनगर २३ असोज । दसैँ, तिहारलगायतका चाडपर्वको सुरक्षालाई लक्षित गर्दै कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । कोशी प्रदेश […]

दलित अधिकार विधेयकलाई पूर्ण बनाएर पारित गर्ने प्रतिबद्धता

विराटनगर २३ असोज । कोशी प्रदेशसभामा विचाराधीन दलित अधिकारसम्बन्धी विधेयकलाई सरोकारवालाका सुझाव समेटेर प्रभावकारी र पूर्ण बनाउँदै पारित गर्न प्रदेशसभाका पदाधिकारी तथा सांसदहरूले प्रतिबद्धता जनाएका छन् । दलित समुदायमाथि हुने विभेद अन्त्य, अधिकारको सुनिश्चितता र समतामूलक समाज निर्माणका लागि विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । रिडेफ नेपाल र मानवअधिकार मञ्च इलामले बिहीबार विराटनगरमा […]

विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु

विराटनगर २२ असोज । विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभया । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

विराटनगर २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि […]