धनकुटामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु,११ जना घाइते

विराटनगर २३ वैशाख । कोशी लोकमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस सोमबार दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५० मिटर तल खसेको […]

मोरङको रतुवामाइ नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश

विराटनगर २३ वैशाख । मोरङको रतुवामाइ नगरपालिकाका पदाधिकारीविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । कोभिडको समयमा संकलन भएको तथा खरिद गरिएको खाद्यान्न, औषधिलगायतका अत्यावश्यक राहत सामग्री मिति गुज्रँदासम्म थन्क्याएर राखी डम्पिङ साइडमा नष्ट गरेको भन्दै नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह, पूर्वनगर प्रमुख रविन राईलगायतविरुद्ध उच्च अदालतमा रिट दायर भएको थियो । […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई नेकपा एसकाे ज्ञापनपत्र

विराटनगर २१ वैशाख । नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको हो। उहाँले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले सक्ने […]

१ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा सम्झौता

विराटनगर १९ वैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयु भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरुबीच सम्झौता भएको छ । प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, […]

राष्ट्रिय सभाका १९ सांसद्को कार्यकाल फागुनमा सकिँदै

विराटनगर १८ वैशाख । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, […]