विराटनगर १३ माघ । विराटनगर १५ का ५१ वर्षीय लक्ष्मण चौधरी (माझी)का दुई छोराहरु (११ वर्ष र ७ वर्ष) गत कात्तिक ९ गतेदेखि घरबाटै बेपत्ता भए । गाउँघरमा तिहारको रमझम चलिरहेको थियो । ३ सय रुपैयाँ लिएर पटका किन्न हिँडेका छोराहरु राती अवेर सम्म घर फर्किएनन् । २ दिन सम्म लक्ष्मणले छोराहरुको बाटो हेर । […]
विराटनगर १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोग काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्नुका साथै राष्ट्रले तय गरेका रणनीतिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने धारणा राख्नु भयो […]
विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ । […]
विराटनगर १३ माघ । मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एस एन झाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति शनिबार चयन गरिएको छ । मुलुकको दोस्रो ठूलो भाषा मैथिली भाषी समुदायको विराटनगरमा सम्पन्न ३२ औँ अधिवेशनले उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव तथा अधिवक्ता संजु साह, महासचिवमा मृत्युंजय मिश्र,सचिवमा रोशन देव र उप सचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा […]
विराटनगर १३ माघ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा गरिबी निवारण गरि समृद्धि कायम गर्न बैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लागेको बताउनु भएको छ । समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम कोशी प्रदेश सम्मेलन तथा नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश तथा मोरङ सम्मेलनको शनिवार विराटनगरमा आयोजित उद्घाटन समारोहमा उहाँले कृषिको समुचित विकास र […]