श्रृष्टि सहकारी विराटनगरको अध्यक्षमा पोखरेल

विराटनगर ६ मंसिर । श्रृष्टि बचत तथा ऋण सहकारी संस्था विराटनगरको २९ औं बार्षिक साधाणसभाले अध्यक्षमा निवास पोखरेललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

४ बर्षे कार्यकालका लागि ११ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा डम्बर बहादुर कार्की र सचिवमा लिलानाथ गौतम निर्वाचित हुनु भएको छ । सदस्यहरुमा केदार कार्की, सावित्रीदेवी काफ्ले, बसन्तराम चौधरी, उपेन्द्रबहादुर बस्नेत, सुशीला खवास, लक्ष्मीनारायण भगत, बद्रिप्रसाद पोखरेल र देवीप्रसाद काफ्ले निर्वाचित हुनु भएको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा अच्युत भट्टराई निर्वाचित भएका छन् भने सदस्यमा रामकृष्ण नेपाल र कृष्णकुमारी थापा निर्वाचित हुनु भएको छ ।

सहकारीको शेयर पूँजी २ करोड ५० लाख ०६ हजार एक सय रुपैँया रहेको छ भने बचत ९ करोड ६० लाख ९१ हजार ३७६ रुपैँया ७५ पैसा रहेको छ । सहकारीले १० करोड ०८ लाख ४५ हजार ५७६ रुपैँया ऋण लगानी गरेको छ ।

सहकारीमा १९ सय ९२ जना शेयर सदस्य रहेका छन् । जसमा पुरुष सदस्य ९ सय ४७ जना रहेका छन् भने महिला सदस्य एक हजार ४५ जना रहेका छन् । सहकारीले आर्थिक बर्ष २०८१/२ मा २८ करोड ९८ लाख ०२ हजार ६३९ रुपैँया ५३ पैसा कारोबार गरेको सहकारीले आर्थिक बर्ष २०८२/०८३ मा ३१ करोड ६९ लाख २४ हजार ४३० रुपैया ९० पैसाको कारोबार गरेको जनाएको छ ।

आर्थिक बर्ष २०८३/०८४ मा ३३ करोड ५४ लाख ६२ हजार ५१९ रुपैया ५९ पैसा कारोबार गर्ने लक्ष्य राखेको छ । साधारण सभामा असल बचतकर्ता गोविन्दबहादुर श्रेष्ठ, विमलाकुमारी बाँनीया र असल ऋणी प्रेम घिमिरे र हेम कुमारी राजवंशी लाई सम्मान गरिएको थियो । सम्मानित सदस्यहरुलाई प्रमाणपत्र र नगद ३ हजार प्रदान गरिएको थियो ।

सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षता तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष भट्टराईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।