एमाले महाधिवेशनको यूवा प्रतिनिधिमा राम पोखरेल आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन ।

आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ ।

नेकपा एमालेले १ हजार २ सय पार्टी संगठित सदस्य भएका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कम्तिमा ४० वर्ष मुनीका एक यूवा अनिबार्य महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान राखेको छ ।

यूवा प्रतिनिधिका रुपमा महाधिवेशन प्रतिनिधि भएर जान आकांक्षा रहेको उनले बर्ता । मोरङ क्षेत्र नं. ४ बाट ४० वर्ष मुनी एक यूवा प्रतिनिधि चयन हुने छन् ।

पोखरेल विराटनगर वडा नं. ८ का पूर्व वडा कमिटी अध्यक्ष हुन । पार्टीलाई वडामा चलायमान गराएकै कारण २०७९ को निर्वाचनमा उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यूवा संघ विभिन्न जिम्मेवारी पुरा गर्दै उनले एमाले महानगर वडा कमिटी अध्यक्ष, महानगर कमिटीको प्रवक्ता समेतको जिम्मेवारी पुरा गरेका छन् । महानगर कमिटीको उपाध्यक्षमा भने उनी पराजित भएका थिए ।

मोरङबाट ७ जना यूवा सहित ४३ प्रतिनिधि महाधिवेशनका लागि चयन हुने छ ।