विराटनगर ११ चैत । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नेतृत्वका लागि मतदान हुनुपर्ने मागसहित हस्ताक्षर संकलन अभियान सुरु भएको छ । आजबाट सुरु महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा नेकपा एमाले पार्टी नेतृत्वले हस्तक्षेप गर्दै गणेश पाण्डेलाई बनाउन निर्देशन दिएपछि प्रतिनिधिले निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन् । प्रेस […]
विराटनगर ८ चैत । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ । दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् […]
विराटनगर ८ चैत । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ । आयोगले […]
विराटनगर ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै […]
विराटनगर ७ चैत । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आज रातीदेखि अन्त्य हुँदैछ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले छैटौँ तथा हिउँदे अधिवेशन बिहीबार रातिबाट लागु हुनेगरी अन्त्य गर्न सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै आजरातिबाट अधिवेशन अन्त्य […]