विराटनगर १६ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेश कमिटीले सर्वसम्मत ५ जना प्रतिनिधि चयन गरेको छ ।
प्रदेश कमिटीले अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, उपसचिव जलबर्षा राजवंशी र प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सरकार राज्यमन्त्री सिर्जना राईलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो ।
मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने महाधिवेशनका लागि यसअघि जिल्लाहरुले मंसिर १३ गते प्रतिनिधि चयन गरेका थिए ।
कोशी प्रदेशका १४ वटै जिल्लाहरुले महाधिवेशन प्रतिनिधि चयन गरेपनि धनकुटा र खोटाङ जिल्लाका प्रतिनिधि चयनबारे उजुरी परेको प्रदेश कमिटीका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।