विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ ।
मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् ।
प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनका मार्फत तीन दिन सम्म सञ्चालन हुने विभिन्न इभेन्टहरुबारे जानकारी दिएको छ ।
स्पोर्टस् मिट अन्तरगत फुटवल र क्रिकेटका खेलहरु भने मंसिर १४ देखिनै शुरु भएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुशार प्रतियोगिताहरु सहिद रंगशाला, जुटमिल खेल मैदान रानी र एभरेष्ट स्कुल विराटनगरमना खेलाईने छ ।
स्पोर्टस् मिट अन्र्तगत कक्षा ११ र १२ को टिम इभेन्टको छात्र तर्फ भलिवल, फुटवल, टेवल टेनिस, बास्केटबल, क्रिकेट र म्याराथन खेलहरु हुनेछन् । छात्रा तर्फ भलिवल, टेवलटेनिस, बास्केटबल र म्याराथन हुनेछ ।
कक्षा १० सम्मको ट्रयाक इभेन्ट तर्फ छात्र, छात्रा १ सय, २ सय, ४ सय, ८ सय, १५ सय मिटर दौड तथा १ सय र ४०० मिटरको रिले दौड खेलहरु हुनेछन् ।
कक्षा १० सम्मको फिल्ड इभेन्टको छात्र, छात्रा तर्फ लङजम्प, हाईजम्प, त्रिपल जम्प, सर्टपुट, जेवलिन थ्रो, ग्रुप इभेन्टको छात्र तर्फ भलिवल, टेवल टेनिस र बाँस्केटवल, छात्रा तर्फ भलिवल र टेवलटेनिस खेलहरु हुने पत्रकार सम्मेलनमा अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।
स्पोर्टस् मिटको उद्घाटन मंसिर १९ गते शुक्रबार सहिद रंगशाला विराटनगरमा केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नुहुने बताईएको छ ।