बजेट खर्चमा कोशी प्रदेश उत्कृष्ट, मधेश प्रदेश कमजोर

विराटनगर २७ माघ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत बजेट खर्च गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार बजेट खर्च गर्ने प्रदेश सरकारहरु मध्ये कोशी प्रदेश उत्कृष्ट देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा समग्र प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएपनि प्रदेशगत रुपमा कोशी […]

सुनसरीको धरानमा धर्मप्रचारमा आएका १७ अमेरिकी अध्यागमनको अनुसन्धानपछि स्वदेश फिर्ता

विराटनगर २७ माघ । सुनसरीको धरानमा धर्मप्रचारमा आएका १७ अमेरिकी अध्यागमनको अनुसन्धानपछि स्वदेश फिर्ता भएका छन् । पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, […]

असल नागरिक निर्माणमा स्काउटकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल नागरिक निर्माण गरी राष्ट्रसेवामा समर्पित हुने कार्य गरिरहेको बताउनु भएको छ । कोशी प्रदेशस्तरिय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफनो भुमिका निर्वाह गरिरहेको विचार राख्नु भयो । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का […]

माेरङ बुढीगंगाकाे जेभियर्स इङलिस स्कुलकाे १० औं बार्षिकाेत्सव, व्यवहारिक शिक्षामा जाेड

विराटनगर २६ माघ । माेरङ बुढीगंगा २स्थित जेभियर्स इङलिस स्कुलले शनिबार १० औं बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । बार्षिकाेत्सवकाे अवसरमा एक शिक्षक सहित तीन जनालाई सम्मान गरिएकाे छ । ०८० बुढीगंगा भरिमा उत्कृष्ट अंक ल्याउने जेभियर्सकाे कक्षा १२ का कुशल विक, कक्षा १० कि दीया थापा मगर र खेल शिक्षक कराँतेका प्रभाकर रानामगरलाई […]

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

विराटनगर २५ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको […]