विराटनगर ९ माघ । विराटनगरमा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकाडेमी विजयी भएको छ । शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ […]
विराटनगर ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका मोरङका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्ता गराएका मध्ये २ राजनीतिक दलका उम्मेदवार र ४ स्वतन्त्र उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएका हुन् । मोरङ क्षेत्र नं. १ मा जसपा नेपालका दुर्गाप्रसाद दर्लामी र […]
विराटनगर ९ माघ । विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विहिबार विद्यालयको प्राङ्गणमा विद्यालयले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण, पूर्वविद्यार्थी र शिक्षकलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो। ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयले विभिन्न दाताहरूले स्थापना गर्नु भएको अक्षयकोषहरूबाट प्राप्त रकमबाट कक्षा १ देखि कक्षा […]
विराटनगर ९ माघ । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू […]
विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका माेरङका २ जनाकाे रद्ध भएकाे छ । माेरङ क्षेत्र नं ४ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका विनाेद परियार र माेरङ ६ मा जनता समाजवादी पार्टीबाट दिएका महमद जाविरकाे रद्ध भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । माेरङका ६ वटा निर्वाचन […]