विराटनगर १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ बाट एमालेमा तीन नेताहरुले आकांक्षा देखाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सो क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख तथा केन्द्रीय सदस्य दिलिप बगडिया र क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य […]
विराटनगर १८ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने गरी बनाउनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हाम्रा पूर्वाधार निर्माण गर्दा बलियो र लामो समयसम्म टिकाउ हुने बनाउनुपर्ने बताउनुभएको हो । साना साना कुरामा लोभिएर दीर्घकालसम्म हुने दिगो विकास गर्न नसकेको चर्चा […]
विराटनगर १८ पुस । उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा २४ दिने भेरिएबल फ्रिक्वेन्सी ड्राइभ प्रोग्रामिङ एण्ड मेन्टिनेन्स सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका विभिन्न उत्पादनमूलक उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको […]
विराटनगर १८ पुस । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङ रतुवामाई ९ स्थित जनता माविको दुई तले भवन निर्माण गरिदिने हुनु भएको छ । ५/५ कोठाको दुई तले भवनको आज शिलान्यास गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका डा.शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरि […]
विराटनगर १७ पुस । शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कार उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले हरेक वर्ष वितरण गर्दै आएको सो पुरस्कार यस वर्ष पराजुलीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार चाँडै पुर्नगठन गर्ने बताउनु […]