विराटनगर २३ असोज । कोशी प्रदेशसभामा विचाराधीन दलित अधिकारसम्बन्धी विधेयकलाई सरोकारवालाका सुझाव समेटेर प्रभावकारी र पूर्ण बनाउँदै पारित गर्न प्रदेशसभाका पदाधिकारी तथा सांसदहरूले प्रतिबद्धता जनाएका छन् । दलित समुदायमाथि हुने विभेद अन्त्य, अधिकारको सुनिश्चितता र समतामूलक समाज निर्माणका लागि विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । रिडेफ नेपाल र मानवअधिकार मञ्च इलामले बिहीबार विराटनगरमा […]
विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले स्थापना भएदेखि हालसम्म १ लाख ४२ हजार ५ सयको मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रिया गरिएकामध्ये ५२ प्रतिशतलाई निःशुल्क सेवा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका उपाध्यक्ष श्याम पौडेलले सन् १९८३ मा स्थापना भएको अस्पताल […]
विराटनगर २२ असोज । विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभया । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी […]
विराटनगर २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि […]
विराटनगर २१ असोज । विराटनगरमा २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकले प्रतियोगिताको तयारीका बारेमा बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । […]