विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]
विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसार प्रसार नियन्त्रणका लागि मोरङ जिल्लाको भारतसँग जोडिएको ६३ किलोमिटर खुल्लासीमामा व्यवस्थित रुपमा निगरानी हुनु पर्ने बताइएको छ । मानव वेचिवखन विरुद्धको जिल्ला कार्य समिति मोरङद्वारा आज विराटनगरमा आयोजित मानव वेचिवखन तथा ओसार प्रसार विरुद्धको १७ औं राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित सामाजिक न्याय र आर्थिक सशक्तिरकण :मानव वेचिवखन […]
विराटनगर २० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमाणमा आधारित कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागितामा जोड दिइएको हो । कोसी प्रदेशसभामा […]
विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको […]
विराटनगर १८ भदौ । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितालाई बदनाम गराउने उद्देश्यले कपोकल्पित र भ्रामक समचार प्रकाशित गर्ने केही अनलाइन विरुद्ध आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रा. लि. कानुनी उपचारमा जाने भएको छ । प्रालिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिन अगाडी सुनसरीको धरानबाट सञ्चालित […]