राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक हुने

विराटनगर, २४ फागुन । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको छ । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ […]

अखिल क्रान्तिकारीद्धारा महेन्द्र मोरङमा उम्मेदवारी घोषणा

विराटनगर २४ फागुन । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो […]

झीलकुमारी स्मृति पत्रकारिता पुरस्कार सुवेदीलाई

विराटनगर २२ फागुन । झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको सरस्वती माविमा आयोजित कार्यक्रममा झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । वरिष्ठ पत्रकार शंकर लुइँटेलले आमा झीलकुमारी लुइँटेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारका राशि ११ हजार रुपैयाँ रहेको […]

पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदै

विराटनगर २२ फागुन । आज फागु पूर्णीमा । पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले […]

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवरमा दुई महिला सम्मानित

विराटनगर २१ फागुन । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक […]