विराटनगर २७ फागुन । दोस्रो इक्युवालिटि कप महिला क्रिकेट २०२३ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० […]
विराटनगर २७ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्ताैलाले उजुरी दर्ता गराउनुभएको हो । आज बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्ताैलाले यादवको […]
विराटनगर २७ फागुन । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला […]
विराटनगर, २४ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो […]
विराटनगर २४ फागुन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको […]