विराट गोल्डकप चैत १५ देखि, १० टिमको सहभागिता रहने

विराटनगर ६ चैत । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत दोस्रो सातादेखि आयोजना गरिने भएको छ । प्रतियोगिता चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ । यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने छ । विगतमा बाहिरका व्यक्तिलाई संयोजक तोकेर गोल्डकप आयोजना गर्ने गरिएको थियो । […]

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

विराटनगर ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट […]

समाजमा रहेको विभेद अन्त्य गर्न हामी सबै लाग्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा आज विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको […]

शिक्षादीपद्वारा मोरङ रंगेलीका अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर ५ चैत । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । आज शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि सो राहत सामग्री वितरण गर्नुभएको हो । प्रत्येक विद्यार्थीलाई एउटा […]

महानगर रोजगार मेलामा ४१ सयको आवेदन, ५ सयभन्दा बढीलाई रोजगारी सिर्जना

विराटनगर ४ चैत । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । […]