थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीको विराटनगरमा विदाई

विराटनगर, ३० साउन । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश […]

सप्तकोशी बाढी प्रभावित ५५ बालबालिकालाई पौष्टिक आहार वितरण

विराटनगर, २८ साउन । सप्तकोशी नदीको बाढीबाट प्रभावित भएका उदयपुरको वेलकाका करिव ५ दर्जन बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बाल हेल्प लाईन नं.१०९८ मोरङ र सुनसरी, सिपिसिएस को सहकार्यमा शनिबार पौष्टिक आहार वितरण गरिएको हो । वाढीबाट विस्थापित भएर अस्थायी संरक्षणमा रहेका […]

देशभर २६३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

विराटनगर, २८ साउन । पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ]गत २४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

झि पुचमा हाँस्यव्यङ्ग्य कविगोष्ठी

विराटनगर, २८ साउन । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, सुमन पोखरेल, शुभलक्ष्मी लम्साल, सरिता लुलाधर, सविना श्रेष्ठ, लक्ष्मी रायमाझी, रोहिणी रसिक, […]

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

विराटनगर, २८ साउन । मिल्स गोल्डकप ट्रष्टले साना बालबालिकालाई लक्षित गर्दै ग्रामरुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्र अर्थात भारतसँग सीमा जोडिएको स्थानका बालबालिकालाई लक्षित गर्र्दै ट्रष्टले ‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु गरेको हो । जुट मिलको मैदानमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षणको सुरुआत गरेका हुन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि […]