विराटनगर १७ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ ।
विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आदर्श स्कुल र बालिका स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६९ रनको योगफल बनाएको छ । ७० रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ३ विकेट गुमाई ६५ रन मात्र बनाउँन सक्यो ।
दोस्रो खेलमा सरस्वतीले मिल्स माविलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ५ रन बनाएको छ । १ सय ६ रनको विजयी लक्ष्य पाएको मिल्सले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रनमा सिमित भयो ।
तेस्रो खेलमा बालिका स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रन बनाएको छ । १ सय ८ रनको विजयी लक्ष्य पाएको बालिकाले १५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई ६९ रन बनाएको छ । ७० रनको विजयी लक्ष्य पाएको सरस्वतीले ८ दशमलव २ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
पाँचौ खेलमा बालिका स्कुलले मिल्स स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरको खेलमा ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ४७ रन बनाएको थियो ।
छैटौ खेलमा सत्तनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ७ विकेट गुमाई ९१ रन बनाएको छ । ९२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ५ विकेट गुमाई ७६ रनमा सिमित भयो । २० गतेसम्म हुने प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयीमान खेलाडी र उत्कृष्ट ब्याटरर्ले छात्रवृत्ती प्राप्त गर्ने उहाँले बतताउनुभयो । प्रतियोगिताबाट उत्कृष्ट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा सहभागिता गराईने आयोजक समितिका संयोजक मन्दिप साहले जानकारी दिनुभयो ।