विराटनगर २ फागुन । आज बसन्त पञ्चमी अर्थात सरस्वती पूजा । हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन । नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने चलन छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार,माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा […]
विराटनगर २ फागुन । आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी […]
विराटनगर १ फागुन । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ । माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक […]
इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो […]
विराटनगर २९ माघ । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स […]