विराटनगर १९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ । विहीबार कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिनुभयो । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । […]
विराटनगर १८ जेठ । थारु कल्याण कारिणी सभा जिल्ला कार्यसमिति मोरङको दशौं अधिवेशन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ । जेठ १९ र २० गतेका लागि तय भएको थारु कल्याण कारिणी सभा जिल्ला कार्यसमिति मोरङको १० औं जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुको इजलासले आज सो […]
विराटनगर १७ जेठ । कोशी प्रदेश सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताहरु आज प्रदेश सभामा पेश गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा पेश गर्नुभएको हो । माननीय सभामुख महोदय, कोशी प्रदेशको यस गरिमामय प्रदेश सभामा प्रदेश सरकारको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले […]
विराटनगर १६ जेठ । प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति मार्फत आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गर्नुभएको हो । वक्तव्यमा जुनसुकै आन्दोलनका निकास वार्ता भएकाले नामकरणको विरोधमा भइरहेको […]
विराटनगर १६ जेठ । प्रदेशको नामकरण पछि कोशी प्रदेशमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षको माग सम्बोधनका लागि राजनीतिक दलहरुले सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रदेश सरकारले अग्रसरता नदेखाएको अवस्थामा दलहरुले तत्काल वार्ताको ठोस बाताबरण बनाउन आग्रह गरेका छन् । यसका लागि सत्तामा रहेका राजनीतिक दलहरुले सरकारसँग सहजिकरण गर्ने समेत प्रतिवद्धता […]