विराटनगर ४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन प्रति दुख व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री कार्कीले शोक वक्तव्य प्रकाशित गरेर चौधरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन एवं ग्रामथान बासीमा समवेदना व्यक्त गर्नु भएको छ । वहाँले शोक वक्तव्यमा ५६ बर्षको उमेरमा देश र जनताको सेवामा समर्पित रहेकै अवस्थामा भएको निधनबाट हाम्रो प्रदेशले एउटा जुझारु र कर्तव्य निष्ठ जनप्रतिनिधि गुमाएको उल्लेख गर्नु भएको छ ।
२०८० साल माघ १० गते अचानक बेहोस भइ लडेर अचेत हुन्हुभएका चौधरीको मिति २०८१ असार ३ गते दुःखद निधनबाट परिवारजन र ग्रामथानका जनतामा परेको पीडामा प्रदेश सरकार संगसगै रहेको उल्लेख गर्नु भएको छ ।
२०२४ सालमा जन्मनु भएका चौधरी सानै उमेर देखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । मोरङको तत्कालीन मोतिपुर गाविसको अध्यक्ष २०४९ सालमा निर्वाचित भै भुमिका खेल्नु भएका चौधरीले २०७९को स्थानीय चुनावमा पालिका अध्यक्षमा बिजय हासिल गरि निरन्तर बिकास र सामाजिक कामै सक्रिय भएको स्मरण गर्नु भएको छ ।