बाल र मिल्स माविका विद्यार्थीलाई माईती नेपालद्धारा मानववेचविखन तथा वालविवाहविरुद्ध अभिमुखीकरण

विराटनगर ४ असार । माईती नेपाल विराटनगरले विराटनगरका दुई माध्यमिक विद्यालयका विद्यार्थीलाई मानववेचविखन तथा ओसारपसार एवं वालविवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विराटनगर महानगरपालिकाको सहयोगमा माईती नेपालले वाल माध्यामिक विद्यालय र मिल्स माध्यामिक विद्यालयका विद्यार्थीलाई एक दिने अभिमुखीकरण दिएको हो । जेठ २७ गते र आज विराटनगर १३ र १६ मा अवस्थित वाल माध्यामिक विद्यायाल र मिल्स माध्यामिक विद्यालयलाई छनौट मानव वेचविखन तथा ओसारपसार र वालविवाह विरुद्धको अभिमुखिकरण कार्यक्रम संचालन गरीएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा खासगरी सिमा नजिक वसोवास गर्ने युवातथावालवालिकाजो चाडो जोखिममा पर्नसक्ने भनेर खास लक्षीत गरिएको उहाँले बताउनुभयो । खुला सिमानाका कारणले वालवालिकाहरु विभिन्न खालको प्रलोभनमा पर्नसक्ने भनि उनिहरुलाई अभिमुखिकरण कार्यक्रमको आवश्यकता रहेको महसुस गरिएको संयोजक पोखरेलको भनाई छ ।

विद्यार्थीलाई मानव बेचविखन तथा ओसारपसारका विषयमा माईती नेपाल विराटनगरका संयोजक पोखरेल र बालविवाहका विषयमा माईती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले अभिमुखीकरण दिनु भएको थियो । कार्यक्रममा माध्यमिक तहका कक्षा ८, ९ र १० सम्मका १९० विद्यार्थी सहभागि थिए ।