विराटनगर १ असार । कोशी प्रदेशमा भोलि धिमाल जातिका लागि सार्वजनिक बिदा दिइएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले धिमाल जातिको प्रमुख पर्वका अवसरमा बिदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जात्री/सिरिजात मनाउँदै छन् ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरेर आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१र०८२–२०८५–०८६) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१–०८२ को बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस्तै, प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।