विराटनगर २ वैशाख । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको ठूलो बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि हामीसबै एकजुट हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आज विराटनगरमा आयोजित दुई दिने दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारी विरुद्ध पार्टीले मुलुकभरी जनजागरण अभियान शुरु गरेको प्रष्ट पार्नुभयो । […]
विराटनगर ३१ चैत । कोशी प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीप–२०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई बिदाइ गरेको छ । आज विराटनगर स्थित बोर्ड परिसरमा कार्यक्रम गर्दै बोर्डले राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गते सम्म काठमाण्डौंमा हुने च्याम्पियनशीपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेको हो । खेलाडी बिदाइ […]
विराटनगर ३१ चैत । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगर १९ वजैनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई […]
विराटनगर ३१ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ । आगामी बैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार […]
विराटनगर ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राेकिएका याेजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनु भएकाे छ । आज झापाको गाैरादहमा नगर अस्पतालकाे शिलान्यास गर्दै उहाँले राेकिएका सडक याेजना तथा पूवाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयाे । उहाँले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताउनुभयाे । उहाँले भन्नुभयाे`अब अहिले बजेट […]