विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]

अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समीक्षा

विराटनगर ३० चैत । कोशी प्रदेश स्तरिय बालकल्याण अधिकारीहरुको प्रदेश भेला तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समिक्षा बैठक विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित ३ दिने भेला तथा समीक्षा बैठक शुक्रबार बिराटनगरमा समपन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ स्थानीय […]

विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि विराटनगरको शिक्षादीप कलेजलाई आमन्त्रण

विराटनगर ३० चैत । भारतको दिल्लीमा हुने विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि विराटनगरको शिक्षादीप कलेजलाई आमन्त्रण गरिएको छ । विश्व च्याम्पियनसिपमा विद्यार्थीलाई सहभागिता गराईदिनका लागि निम्तो आएको शिक्षादीप कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जनकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ ४ जना विद्यार्थी र शिक्षकलाई सहभागिता गराईदिनु हुन भन्दै पत्र आएको छ । ’ विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका […]

देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई

विराटनगर ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले आज झापाको दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन […]

जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर ३० चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्रमा कसैलाई पनि विध्वंश गर्ने छुट नभएको बताउनु भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउनसमेत चेतावनी दिनुभयो । नेकपा एमाले कोशी प्रदेशले दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यसविरुद्ध उभिने जो–कोहीलाई जनताले बहिष्कार गर्ने […]