‘गुनासो’ लिएर आए बेलबारीका प्रकाश भट्टराई

विराटनगर १९ माघ । मोरङ बेलबारीका स्रष्टा प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह प्रकाशनमा ल्याएका  छन् । कोसी साहित्य–कला परिषद् नेपाल प्रकाशक रहेको यो कृति बेलबारीका हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गंगा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई […]

निर्वाचनमा द्वन्द्व व्यवस्थापन सम्बन्धी छलफल

जनकपुरधाम, १९ माघ । नागरिक संलग्नता र निर्वाचनसम्बन्धी द्वन्द्वको विश्लेषणमा केन्द्रित ‘चेतना’ परियोजनाअन्तर्गत मधेश प्रदेशको जनकपुरधाममा फोकस ग्रुप छलफल गरिएको छ । होटल जनकपुर इन, रामानन्द चोकमा आयोजना गरिएको कार्यक्रममा निर्वाचनसम्बन्धी द्वन्द्वको विषयमा छलफल गरिएको हो । चेतना परियोजनाको उद्देश्य निर्वाचनसँग सम्बन्धित द्वन्द्व घटनाका विषयमा सहभागीका प्रत्यक्ष अनुभव र धारणा बुझ्नु रहेको आयोजकले जनाएको छ […]

प्रगतिलाई बढाउनेगरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिनुभयो […]

सुन्तलाका बोट सुक्न थालेपछि भोजपुरका किसान समस्यामा

भोजपुर १९ माघ । भोजपुरमा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै संकट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु […]

ज्येष्ठ नागरिकलाई ‘अल्जाइमर्स डिमेन्सीया’ सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर १९ माघ । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी)ले विराटनगरका ज्येष्ठ नागरिकहरुका लागि आज एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा एनआरडीएससीले ज्येष्ठ नागरिकहरुका लागि अल्जाइमर्स डिमेन्सीया सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो […]